आज किन हुन सकेन जनरल इन्स्योरेन्सको शेयर कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं – प्रि–ओपनिङ शेसनमा खरीद र विक्री आदेश म्याचिङ नहुदाँ जनरल इन्स्योरेन्सको आज शेयर कारोबार हुन सकेन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर सुचिकृत भएसँगै जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजदेखि हुने भनिएको थियो । तर, पहिलो कारोबारका लागि प्रि–ओपनिङ सेसनमा खरीद र विक्री आदेश म्याचिङ नभएपछि कारोबार हुन नसकेको हो । फलस्वरुप आज कम्पनीको नियमीत शेयर कारोबार हुन नसकेको नेप्सेको भनाइ छ । 
सोमबार नेप्सेमा कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको थियो । नेप्सले पहिलो कारोबार लागि ओपनिङ रेन्ज रु. १०१.७६ देखि ३०५.२८ रुपैयाँ तोकेको छ  । 
कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म ३० लाख कित्ता आईपीओ जारी गरेको थियो । त्यो गत असोज २० गते बाँडफाँट भएपछि कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया