काठमाडौं – चालु आर्थिक बर्षको पहिलो दुई महिनामा नेपाली हस्तकला सामाग्रीको निर्यात ह्वात्तै घटेको छ । चालु आवको भदौंसम्ममा यस्तो सामाग्रीको निर्यात ५५.८ प्रतिशतले घटेको छ ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले यस्तो देखाएको हो । केन्द्रकाअनुसार चालु आवमा रु. ६ कराड ५१ लाख ३१ हजार बराबरको हस्तकला सामग्री निर्यात भएको छ ।
गत आवको सोही अवधीमा रू. १४ करोड ७४ लाख ४३ हजार बराबरको हस्ताकलाको सामग्री निर्यात भएको थियो । गत आवभर भने रु. ५७ करोड ३३ लाख ८२ हजार बराबरको हस्तकलाको सामग्री निर्यात भएको थियो ।
बिशेषगरि कोरोना भाइरसको कारणले नै यसमा असर पुगेको हो । नेपाली हस्तकला सामग्रीको मुख्य बजार नै विदेश र विदेशी पर्यटक हुन् । तर, कोरोनाले बैदेशिक व्यापार प्रभावित हुदाँ यसको निर्यातमा कमी आएको छ । साथै, विदेशी पर्यटक नआउँदा पनि नेपाली बजारमा यसको व्यापार नभएको व्यवसायीहरु बताउछन् ।
प्रतिक्रिया