सानिमा बैंक दशैं अफर, सस्तो डिलमा सपिङ गर्दा २५ प्रतिशत छुट

५ बर्ष अगाडि

काठमाडौं – सानिमा बैंकले दशैंको अवसरमा ग्राहकलाई बिशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहक लक्षित ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो । बैंकले अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा उक्त छुट योजना ल्याएको हो । 
यस योजना अन्तरगत  बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ । 
यो योजना आज अर्थात् योजना २७ असोजदेखि १ कात्तिक ०७७ सम्म लागू हुने छ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फस्र्ट कम फस्र्ट सर्भ’ आधारमा छुट प्रदान गरिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया