काठमाडौँ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण गर्ने जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयु र अक्सिजन सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो।
साथै अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने निर्णय पनि मन्त्रालयले गरेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार यसबारे जानकारी दिएको हो।
प्रतिक्रिया