प्रभासको ‘आदिपुरुष’ मा अजय ?

५ बर्ष अगाडि

सुपरस्टार प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् । यो फिल्ममा उनी भगवान रामको भूमिकामा देखिने बताइएको छ । यसको निर्देशन ‘तान्हाजी’ जस्तो सुपरहिट फिल्मको निर्देशन गरिसकेका ओम राउतले गर्दैछन् । फिल्ममा सैफ अली खान भिलेन लंकेशको भूमिकामा देखिँदैछन् । प्रभास र सैफले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । 
 
यो फिल्ममा अभिनेता अजय देवगनको पनि अभिनय रहने खबर बाहिरिएको छ । ‘आदिपुरुष’ मा उनी भगवान शिवको भूमिकामा देखिन सक्ने चर्चा छ । यद्यपि, फिल्ममा उनको प्रवेशलाई लिएर निर्माण कम्पनीले कुनै जानकारी दिएको छैन । ‘तान्हाजी’ मा अजयको कामबाट निर्देशक राउत निकै प्रभावित भएका थिए । यसकारण उनले केमियो भूमिका अजयलाई प्रस्ताव गरेका हुन् ।
 
अहिले फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु हुनेछ । ‘आदिपुरुष’ मा साउथ अभिनेत्री कीर्ति सुरेश सिताको भूमिकामा हुने चर्चा छ । फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ । अभिनेता सैफ अली खानले प्रभाससँग स्क्रिन शेयर गर्न र राक्षकको भूमिका निर्वाह गर्न आफू उत्साहित रहेको बताएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया