सोमबार देशभर थपिए  ४ हजार ४७ जना नयाँ  संक्रमित , १४ सयभन्दा बढी डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ ,पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ । योसँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ८८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ९१ हजार ५१४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १४ हजार ५३० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८३१ जना रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया