काठमाडौं । आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १.७४ अंकले बढेको छ ।
आज ११ बजे १५७६.२७ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १.७४ अंकले बढेर १५७६.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.११ प्रतिशतले बढेको छ ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ५ उपसमुह भने बढेका छन ।
त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १८९ कम्पनिको ६८ लाख १५ हजार ७१० कित्ता शेयर ३१ हजार ८३७ पटक खरिद विक्री हुदाँ १ अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया