स्थानीय र प्रहरीबीच झडप, दर्जन बढी घाइते

७ बर्ष अगाडि

 
 बनेपामा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको हो ।

उक्त तनावलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन भन्दा बढी स्थानिय घाइते भएका छन् ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।

घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्याल्य भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया