आइपीओमा नयाँ रेकर्ड, सानिमा जनरलको ६ लाख बढीले शेयर नपाउने

५ बर्ष अगाडि

सानिमा जनरल इन्स्योरेन्सको आइपीओले नयाँ रेकर्ड बनाएर बन्द भएको छ ।

कम्पनीको आइपीओमा अहिले सम्म कै धेरै आवेदन परेको हो ।

हजो आज साँझ ५  बजेसम्ममा ८ लाख ८३ हजार ६ सय २३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३ सय ४० कित्ताको आवेदन परेको हो । यो माग भन्दा  ६.९६  गुणा बढी हो । 

कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो भने जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । 

उक्त आईपीओमा माग भन्दा बढी आवेदकले आवेदन दिएकाले गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया