साताको पहिलो दिन : १३ अंकले घट्यो नेप्से , कारोबार रकम साढे २ अर्बभन्दा बढी

५ बर्ष अगाडि

आज साताको पहिलो दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १३ अंकले घटेको छ । 

आज ११ बजे १५८९.६४ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १३.३७ अंकले घटेर १५७६.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.८४ प्रतिशतले घटेको छ ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये फाइनान्स हरियोमा नै कायम रहेको छ ।

 त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर ३७ हजार ५१५ पटक खरिद विक्री हुदाँ २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया