काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाबाट १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शनिबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले आज यस्तो प्रस्ताव नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो ।
कम्पनीले ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगद लाभांश दिन लागेको हो । नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले त्यो पाउने छन् ।
९ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ७३ करोड १९ लाख पुग्ने देखिन्छ ।
प्रतिक्रिया