काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले शेयरधनी भरत कुमार श्रेष्ठको नाममा रहेको १२ हजार ६३१ कित्ता संस्थापक शेयर अन्य संस्थापक शेयरधनीहरुलाई बिक्री गर्न लागेको हो ।
बैंकले आज एक सुचना जारी गर्दै इच्छुक संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिद गर्ने भए ३५ दिन भित्र आवेदन दिन अनुरोध गरेको छ । यदि, उक्त अवधीमा आवेदन नआएमा कानुन अनुसार बिक्री प्रक्रियामा अगािड बढाइने बैंकको भनाइ छ ।
प्रतिक्रिया