सिभिल लघुवित्तको ८९,४५० कित्ता लिलामी शेयरको बिक्री खुल्ला, आजदेखि कात्तिक २ गतेसम्म आवेदन दिइसक्नुपर्ने

५ बर्ष अगाडि

काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्थाले लिलाम बढाबढमा बिक्रीमा ल्याएको ८९ हजार ४५० कित्ता शेयरमा आजदेखि बिक्रीमा आएको छ । किन्न इच्छुक लगानीकर्ताले आजदेखि उक्त शेयर खरिद गर्न बोलपत्र पेश गर्न सकिने छन् । यसमा काित्तक २ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताइएको छ । 

लघुवित्तले संस्थापक समुहको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ७७ हजार ८४२ कित्ता गरि सो बराबरको शेयर बिक्रीमा ल्याएको हो । 

लघुवित्तले गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म २०० प्रतिशत हकप्रद जारी गरेको थियो । त्यसमा सो बराबरको कित्तामा आवेदन नपरेपछि लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो । 

कम्पनीले शेयर विक्री प्रवन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । त्यो अनुसार उक्त क्यापिटल र सेञ्चुरी बैंकका तोकिएका तोकिएका शाखाबाट यसमा आवेदन दिन सकिने छ । 
कम्पनीले उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकेको छ । खरिद कर्ताले सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने बताइएको छ । 
संस्थापक शेयर हकमा न्यूनतम १००० कित्तामा आवेदन दिनुपर्ने छ । यस्तै, सर्वसाधारण तर्फको हकमा भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया