काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । पुर्व निर्धारीत समयअनुसार नै उनीहरुले आजदेखि एकीकृत कारोबार सुभारम्भ गरिएको हो ।
स्वरोजगारले जनकपुरलाई प्राप्ती गरेर स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो ।
अहिले स्वरोजगारको केन्द्रीय कार्यलय काभ्रपलाञ्चोक रहेको छ । अब पनि केन्द्रीय कार्यलय त्यही हुनेछ । स्वरोजगार नेप्सेमा सुचिकृत कम्पनी हो भने जनकपुर अझै पनि सुचिकृत भएको छैन । त्यो अनुसार अव उक्त कम्पनीले एफपीओ निष्काशन गर्न सक्नेछ ।
हाल स्वरोजगारको चुुक्तापुँजी रु. ३४ करोड १६ लाख छ । जनकपुर लघुवित्तको भने ३ करोड ४७ लाख रहेको छ । मर्ज भएपछि चुक्तापुँजी रु. ३७ करोड ६३ लाख पुगेको छ ।
प्रतिक्रिया