काठमाडौ – नेपाल राष्ट्र बैंकले यो बर्ष दशैं तिहारलाई लक्षित गरेर नयाँ नोट सटही नगर्ने भएको छ । यसअघि राष्ट्र बैंकले हरेक बर्ष दशैं तिहारमा नयाँ नोट दिदैं आएको थियो । तर, यो बर्ष कोरोना भाइरसको जोखिमका कारण नगर्ने भएको राष्ट्र बैंकले बताएको छ ।
कोरोना संक्रमितको सख्या बढ्दै गएपछि यस्तो निर्णय गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए । नोट वितरण गर्दा भिड हुदाँ कोरोनाको जोखिम झन बढ्ने भएपछि नयाँ नोट वितरण गर्ने भएको उनको भनाइ छ ।
राष्ट्र बैंकले हरेक बर्ष ५, १०, २०, ५० र १०० रुपैयाँको नयाँ सोट सटही गर्दै आएको थियो ।
यस्तै, राष्ट्र बैंकले अब दशैंमा नै नयाँ नोट दिने प्रवृति हटाउने प्रेरित पनि गर्ने भएको छ । दशैंको समयमा नोटमा टिका लाग्ने र त्यसले नोटको आयुमा असर पर्दै आएको छ । फलस्वरुप राष्ट्र बैंकलाई मुद्रा व्यवस्थापन गर्न ग्राहो हुदैं आएको छ । त्यसपछि राष्ट्र बैंकले दशैंमा नयाँ नोट नदिने तिर योजना बताएको छ । साथै, दक्षिणालाई डिजीटल माध्यममा नै रुपान्तरण गर्नुपर्ने राष्ट्र बैंकको जोड छ ।
प्रतिक्रिया