काठमाडौँ –किर्लोस्कर ओयल इन्जिन्स लिमिटेडले बिश्वव्यापी उपभोक्ताको आवश्यकता र चाहनालाई शक्तिको स्वरुप दिन १.५ देखि २८ एच.पी. सम्मको डिजल ईन्जिन, पम्प सेट जस्ता २५ भन्दा बढि उत्पादनहरु ल्याएको छ ।
जसलाई ५ क्षेत्रमा क्रमशः कृषि मसिनीकरण, पम्प सेट, औद्योगिक, कृषि औद्योगिक, समुद्री आदि गरी संसारभरकै बजारमा गुणस्तरीय उत्पादनहरुको विकास गर्दै प्रयोगमा ल्याएको छ ।
किर्लोस्करले अध्ययन र अनुसन्धान पश्चात भारत, बंगलादेश र नेपालका साना र २ हेक्टर भन्दा कम कृषियोग्य जग्गा भएका कृषकहरु को आवश्यकतालाई मध्य नजर गरेरै कृषि मसिनीकरण क्षेत्रमा विकास गरी “मेघा टि” बजारमा ल्याएको हो ।
यी समानहरु भारत, बंगलादेश र नेपालका बिक्रेताहरु मार्फत किसानहरुलाई घर दैलोसम्म सेवा र सुविधा प्रदान गर्दै आएको छ । नेपालमा दुगड व्रदर्श एण्ड सन्स प्रा. ली. लाई यस उपकरणको बिक्री बितरणको जिम्मा प्रदान गरीएको छ । दुगड ग्रुप नेपालको १०० वर्ष भन्दा पुरानो ईतिहास बोकेको कम्पनी हो ।
प्रतिक्रिया