सानिमाको आईपिओमा तेस्रो दिन ६ गुणा बढीको आवेदन

५ बर्ष अगाडि

सानिमा जनरल इन्स्योरेन्सले जारी गरेको आईपीओमा तेस्रो दिनमा ६ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा ७ लाख ४४ हजार ४९१ वटा आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो मागभन्दा ५।९४ गुणा धेरै हो।

कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया