नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका ३, झापाका ८, धनकुटाका २, भोजपुरका १, मोरङका ८६, संखुवासभाका १, सुनसरीका २६ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै धनुषाका ३, पर्साका १५, बाराका ११, महोत्तरीका १७, रौतहटका ९, सप्तरीका १, सर्लाहीका ७, सिरहाका १, काठमाडौँका १११६, काभ्रेका ४०, चितवनका ५१, दोलखाका ३, धादिङका ७, नुवाकोटका ४, भक्तपुरका १३०, मकवानपुरका ६९, रामेछापका १९, ललितपुरका १६३, र सिन्धुलीका ११ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका २८, गोरखाका १२, तनहुँका ८, नवलपरासीपूर्वका २५, पर्वतका ३, लमजुङका ३, बागलुङका २, स्याङ्जाका १, अर्घाखाँचीका ३, कपिलवस्तुका १, गुल्मीका ५, दाङका ६५, पाल्पाका २, प्यूठानका ३, बर्दियाका ९, बाँकेका ४५, रुकुमपुर्वका २, रुपन्देहीका ३, रोल्पाका २, कालिकोटका ५, दैलेखका ८, रुकुमपश्चिमका १, सल्यानका ३, सुर्खेतका ३, कञ्चनपुरका २, कैलालीका २, डोटीका १, तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही, सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया