देशभर थपिए २ हजार ५९ जना नयाँ संक्रमित , कुल संक्रमितको संख्या १ लाख नाघ्यो

५ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८०  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया