काठमाडौं – स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालले कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरि विद्युतीय माध्यमबाट शेयर कारोबार गर्न आह्वान गरेको छ । एशोसिएसनले शुक्रबार एक विज्ञप्ती जारी गर्दैयस्तो आह्वान गरेको हो । शेयर सम्बन्धी कुनै पनि काम गर्न विद्युतीय माध्यम प्रयोग गर्न एशोसिएसनको आग्रह रहेको छ ।
ब्रोकर कार्यलयमा लगानीकर्ताको चाप पनि बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्दै गएको अवस्थामा कर्मचारीहरुलाई पनि जोखिम हुदै गएको छ । त्यसपछि एसोसिएसनले विज्ञप्ती नै जारी गरेर अनलाइन मार्फत कारोबार गर्न आग्रह गरेको हो ।
अहिले कतिपय ब्रोक्रर कार्यलयका कर्मचारीलाई कोरोना देख्खी सकेको छ । त्यो अवस्थामा भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न उसले आग्रह गरेको छ ।

प्रतिक्रिया