गुण्डा नाइके  बस्नेत नख्खुबाट मुस्ताङ करागार सरुवा

७ बर्ष अगाडि


काठमाडौं– गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको छ ।

कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागार चलान भएका बस्नेतलाई सोमबार बिहान बुद्ध एयरको उडानमार्फत मुस्ताङ ट्रान्सफर गरिएको नख्खु कारागारका जेलर जीवन दुलालले जानकारी दिए ।

‘कारागार ब्यवस्थापन विभागको पत्र अनुसार उनलाई यहाँबाट पठाइएको हो,’ जेलर दुलालले भने, ‘उनी यहाँ सामान्य कैदी–बन्दीको हैसियतमा थिए ।’

समिरमान बस्नेत  निर्माण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया