काठमाडौं – बिहीबार घटेको सुनको मुल्य शुक्रबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा रु. ९०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मुल्य प्रतितोला रु. ९४ हजार ८०० तोकेको छ । हिजो सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु. ९४ हजार ३०० तोकिएको छ ।
यस्तै, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो ११८० रहेको चाँदीको मुल्य आज ११९५ रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
प्रतिक्रिया