काठमाडौं मलका व्यापारीले अझै दिएनन भाडा, एक हप्ता भित्र नबुझाए कारवाही गर्ने चेतावनी

५ बर्ष अगाडि

काठमाडौं – काठमाडौंको सुन्धारा स्थित काठमाडौं मलका व्यापारीले लामो समयदेखि भाडा नतिरेको पाइएको छ । कर्मचारी सञ्चयकोषको स्वामित्वमा रहेको उक्र भवनमा रहेका १८९ ओटा पसलले लामो समयदेखि भाडा नतिरेका हुन् । 
लामो समयदेखि भाडा नआएपछि कोषले व्यापारीहरुलाई तत्काल बक्यौता रकम तिर्न निर्देशन दिएको छ । कोषले सार्वजनिक सुचना नै  निकाले यस्तो निर्देश दिएको हो । 
कोषले सात भित्र बक्यौता रकम तिर्न निर्देशन दिएको हो। यदि, सात दिन भित्र भुक्तानी नभएमा कानुनी प्रक्रियामा अगाडि बढ्ने कोषको भनाइ छ । त्यहाँ व्यापार गर्ने सबै व्यापारीको भाडा मासिक १  लाख रुपैयाँ भन्दा बढी रहेको छ । 

कोषले पहिलो बिभिन्न व्यक्तिहरुलाई करार गरेर उत्त मल दिने गरेको थियो । पछिल्लो पटक तत्कालिन भाडावाला शिवलक्ष्मी कोजसँग करार सम्झौता भएको थियो । तर, त्यो  २०७५ पुस ११ गते भए भएपछि त्यसपछि कोषले नै उक्त भवन सञ्चालन गर्नै आएको छ । 

पछिल्लो पटक कोषले भाडावालाहरुलाई सम्झौता गर्न पनि बोलाएको थियो । तर, सम्झौता गर्न  कोही गएनन् । त्यसपछि कोषले सार्वजनिक रुपमा नै सुचना जारी गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया