नेपालदेखि बढ्दै छ जुत्ताको निर्यात,दुई महिनामा साढे १० करोडको निर्यात

५ बर्ष अगाडि

काठमाडौं – चाल आर्थिक बर्षको पहिलो दुई महिनामा फुडवेयर सामग्री अर्थात् जुताको निर्यात ६.८ प्रतिशतले बढेको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले यस्तो देखाएको हो । 
गत आवको पहिलो दुई महिनामा ९ करोड ५८ लाख ९७ हजार रुपैयाँको चुता निर्यात भएको थियो । अहिले करिब ७ प्रतिशत बढी अर्थात् रु १० करोड ४१ लाख ८६ हजार रुपैयाँको जुत्ता निर्यात भएको छ । गत आवमा भने रु. ७८ करोड ६३ लाख १७ हजार रुपैैयाँको जुत्ता निर्यात भएको थियो । 
तथ्यांकअनुसार नेपालदेखि जुत्ताको निर्यात बढ्दै गएको देखिन्छ । बिशेषगरि नेपालदेखि भारत, अमेरिका, भुटान, जापान, कतार, स्वीजरल्यान्ड, अष्ट्रेलिया लगायतका मुलुकमा तयारी जुत्ताहरु निर्यात हुने गर्छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया