काठमाडौं – रेटिङ कम्पनी केयर रेटिङस नेपाल लिमिटेडको चौथो साधारण सभा कात्तिक ३ गते हुन भएको छ । सो दिन कम्पनीको काठमाडौंको पुतलीसडक स्थित स्टार मलमा साधारण सभा हुने बताइएको छ ।
कम्पनीले आज एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । दिउँसो ३ बजेदेखि साधारण सभा सुरु गरिने कम्पनीको भनाइ छ । साधारण सभामा नियमित तथा सामान्य प्रस्तावहरु मात्र छलफल तथा पारित गरिने छ ।
प्रतिक्रिया