कात्तिक १४ गतेबाट  हकप्रद निष्काशन गर्दै अपि पावर

५ बर्ष अगाडि

अपि पावर कम्पनीले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने बताएको छ ।

कम्पनीले हकप्रद निष्काशनका लागि  २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया