काठमाडौं – गत आर्थिक बर्षमा ४० प्रतिशतले घटेको चाउचाउ, पास्ता जस्ता बस्तुको निर्यात चालु आवमा भने बढेको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा यस्तो बस्तुको निर्यात १५० प्रतिशतले बढेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको साउन र भदौको महिनाको तथ्यांकले यस्तो देखाएको हो । केन्द्रकाअनुसार यो दुई महिनामा ३९ करोड ९७ लाख ५३ हजार रुपैयाँको चाउचाउ र पास्ता निर्यात भएको छ ।
गत आवको सोही अवधीमा भने रु. १६ करोड ४ लाख ६ हजार बराबरको चाउ चाउ निर्यात भएको थियो । गत आवमा भने १ अर्ब ९ करोड रुपैयाँ बराबरको यस्तो बस्तु निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ ।
बिशेषगरि कोरोना भाइरसको महामारीका कारण गत आवमा चाउचाउमा निर्यातमा कमी आएको थियो । तर, अहिले भने चाउचाउनको निर्यातमा सुधार आएको देखिएको छ ।
प्रतिक्रिया