काठमाडौं । स्वदेश भित्रै रोजगारीको प्रशस्त अवसर रहेको र विदेश जानुपर्ने वाध्यता नरहेको सरकारले आइतबार सार्वजनिक गरेको एक विवरणमा उल्लेख छ ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कृषि तथा पशु विकास, ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रणमा रोजगारीको प्रशस्त अवसर रहेको छ । शीत भण्डार निर्माण, परम्परागत र प्लास्टिक पोखरी, कृषि उपज संकलन तथा वेच विखन केन्द्र निर्माण तथा पर्ती जग्गामा खेतीमा प्रशस्त रोजगारीको अवसर रहेको छ ।
यस्तै कूलो निमाृण, बाँध निर्माण, पैनी तथा नहर निर्माण तथा मर्मत सम्भार, जलविद्युत् आयोजना र नदी नियन्त्रणमा समेत रोजगारीको पश्रस्त अवसर रहेको छ ।
यस्तै खानेपानी तर्फ मुहान संरक्षण, पाइप बिच्छेयाउने, ट्यांकी निर्माण, धारा निर्माण, सरसफाई, शौचालय निर्माणमा समेत रोजगारीको अवसर रहेको छ ।
वन तथा वातावरण संरक्षण तर्फ खाली जग्गामा फलफूलका बिरुवा रोप्ने, सडकको दाँया बाँया वृक्षरोपण गर्ने, गैर काष्ठजन्य उत्पादन, व्यवसायिक वन रोपण र जडिबु्टी खेतीमा समेत रोजगारीको अवसर रहेको छ ।
पर्यटन प्रवद्र्धन तर्फ पदमार्ग निर्माण, तथा होटल रेष्टुरेन्ट व्यवसायको प्रवद्र्धन, पर्यटन मार्गमा सेड निर्माण र मर्मत सम्भारमा समेत रोजगारीको उपयुक्त अवसर रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
सडक यातायात तर्फ सडक निर्माण, बसपार्क निर्माण, पुल पुलेसा निर्माण र मर्मत सम्भार, शिक्षा युवा तथा खेलकूद मन्त्रालय अन्तरगत साक्ष्रता अभियान, कम्प्यूटर शिक्षा, खेल मैदान, कवर्ड हल निर्माण स्टेडियम आदि संरचनाको निर्माण, विद्यालय खेलकूद कार्यक्रम, पुनः निर्माणमा सार्वजनिक र निजी भवन निर्माण, पुरातात्विक सम्पदाको पुनः निर्माणमा समेत रोजगारीको ठूलो अवसर रहेको छ ।
यस्तै मन्त्रालयकाअनुसार पुस्तकालय , वाचनालय, जेष्ठ नागरिक ब्लक , सामुदायिक भवन तथा मर्मत सम्भार, ठूला तथा राष्ट्रिय गौरवका आयोजना, स्थानीय स्तरमा हुने निर्माण तथा मर्मत सम्भार, माटोको काम, ग्याबिल बाल बनाउने, ढुंगा काटने र नाली बनाउने काममा समेत रोजगारीको अवसर रहेको छ ।
यस्तै देशभर कूल ९ लाख २२ हजार ४४५ उद्योग प्रतिष्ठानले आलसम्म ३४ लाख ८ हजार ७४६ जनालाई रोजगारी दिइएका छन् ।
यस्तै वैदेशिक रोजगारीमा ४३ लाख कामदार बाहिरिएका छन् । त्यसमा गत आवमा मात्रै ३ लाख ५२ हजार ८४ जना बैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । वैदेशिक रोजगारीले कूल ग्राहस्थ उत्पादनमा २४।२५ प्रतिशत योगदान गरेको छ ।
मन्त्रालयकाअनुसार रोजगारीका लागि योग्य युवा मध्ये ३० प्रतिशत अर्ध बेरोजगार रहेका छन् । यस्तै २।३ प्रतिशत पूर्ण रुपमा बेरोजगार रहेका छन् भने ५७ प्रतिशत कृषि क्षेत्रमा आश्रित रहेका छन् ।
यस्तै बहुआयमिक गरिबी २८।६ प्रतिशत रहेकोमा ग्रामीण क्षेत्रमा ७८।७ प्रतिशत गरिबी रहेको छ ।
रोजगारीको हक सम्बन्धी ऐनले बेरोजगार व्यक्ति तथा न्यूतम रोजगारलाई परिभाषित गरेको, बेरोजगार सेवा केन्द्रको व्यवस्था गरेको, रोजगार कार्यक्रम सञ्चालन गरेको, रोजगारी छनौट गर्न पाउने अधिकार दिएको, स्वरोजगारी प्रोत्साहित गरिएको र बेरोजगार सहायता, रोजगार सूचना, तोमिल, सहुलियतपूर्ण ऋण र निर्वाह भक्ताको समेत व्यवस्था गरेको छ ।
स्वदेशमा नै प्रशस्त रोजगारीको अवसर भएपनि दैनिक सयौं युवा रोजगारीको खोजीमा विदेशिइरहेका छन् । त्यसलाई रोक्न यस्तो कार्ययोजना ल्याइएको मन्त्रालयको दावी छ ।
प्रतिक्रिया