मिर्मिरे लघुवित्तले पाल एसबिआई मर्चेन्टलाई आफ्नो शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
कम्पनीले नागवेली लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरेसँगै एसबिआईलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
अब मिर्मिरेको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले गर्नेछ ।
प्रतिक्रिया