पहिलो दिननै सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा २ लाख ६५ हजारको आवेदन

५ बर्ष अगाडि

हिजो असोज २१ गतेबाट आईपिओ बिक्री खुला गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिन नै २.२५ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपीओमा हिजो साँझ ५ बजेसम्म २ लाख ६५ हजार ६ सय १६ जना आवेदकले ६१ लाख ४४ हजार ९ सय ५० कित्ताको आवेदन परेको हो ।

कम्पनीले हिजो असोज २१ गतेदेखि असोज २५ गते सम्म प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । 

निष्काशन गरिने मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने बाँकि रहेको २७ लाख ३० हजारको कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।

उक्त आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया