थप १५ जनाको मृत्यु , मृतकको संख्या ५ सय ७८ पुग्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ।  मृत्यु हुनेमा पाँच महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मोरङका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, काठमाडौँका ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ६४ र ३९ वर्षीय पुरुष, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्थ्य मन्त्रालयले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया