हालसम्मकै धेरै ३ हजार ४३९ जनामा संक्रमण पुष्टि ,सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हाजर १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४२०९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ भने ४ हाजर १ सय ६४ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया