आज सम्म कायम शेयरधनीले मात्र माछापुच्छ्रे बैंकको लाभांश पाउने

५ बर्ष अगाडि

आज असोज २१ गते सम्म कायम शेयरधनीले मात्र माछापुच्छ्रे बैंकको लाभांश पाउने भएका छज् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि  असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश पाउने छन् ।

यस अघि बैंकको सञ्चालक समितिलको बैठकले शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३।३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले कार्तिक ६ गते पोखरामा साधारण सभा बोलाएको छ ।

बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ। 

५ बर्ष अगाडि

प्रतिक्रिया