पौड्याल बने नबिल बैंकका नयाँ अध्यक्ष

५ बर्ष अगाडि

नबिल बैंकले उपेन्द्र पौड्याललाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ । हिजो बसेको बैंकको सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

 एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधिसमेत रहेका उनी २०७४ मंसिर १५ गतेदेखि पौड्याल सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।

अघिल्ला अध्यक्ष सम्भु प्रसाद पौड्यालको कार्यालय सकिएपछि उनको स्थानमा उपेन्द्र पौड्याल नियुक्त भएका हुन्। 

नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेका पौड्यालसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव छ ।  उनी यस अघि नेपाल बैंकर्स संघको अध्यक्ष पनि थिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया