स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार असोज २५ देखि

५ बर्ष अगाडि

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । उनीहरुले संयुक्त रुपमा सुचना जारी गर्दै उक्त दिन देखि एकीकृत कारोबार सुभारम्भ गर्ने भएका हुन् । 
स्वरोजगारले जनकपुरलाई प्राप्ती गरेर स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत गर्न लागेको हो । 

अहिले स्वरोजगारको केन्द्रीय कार्यलय काभ्रपलाञ्चोक रहेको छ । अब पनि केन्द्रीय कार्यलय त्यही हुनेछ । स्वरोजगार नेप्सेमा सुचिकृत कम्पनी हो भने जनकपुर अझै पनि सुचिकृत भएको छैन । त्यो अनुसार अव उक्त कम्पनीले एफपीओ निष्काशन गर्न सक्नेछ । 
हाल स्वरोजगारको चुुक्तापुँजी रु. ३४ करोड १६ लाख छ । जनकपुर लघुवित्तको भने ३ करोड ४७  लाख रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया