जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, २७३ हजारले पाए १०/१० कित्ता

५ बर्ष अगाडि

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलबार साढे १० बजे आईपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलले आइतबार साँझ आईपीओ प्रिअलटमेन्टको गरेपछि आज बाँडफाँड  गरिएको हो । एनआईबिएल एस क्यापिटलका अनुसार २ लाख ७३ हजार जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा द्धारा शेयर प्रदान गरिएको हो । 

उक्त कम्पनीको आईपीओमा ७ लाख ९६  हजार ७३४ जना आवेदन परेको थियो । त्यसमध्ये २ हजार १८८ ओटा आवेदन रद्द भएको थियो । जसअनुसार ५ लाख २१ हजार ५४६ जनाले शेयर नपाएको देखिन्छ । 
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म १०० रुपैयाँको दरमा ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमा २७ लाख ३० हजार कित्ता सर्वसाधारणलाई छुट्टाइएको छ । २ लाख ७० हजार कित्ता भने कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया