नेपाल फाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं – सोमबार मात्र नेपाल धितोपत्र बोर्डबाट १२५ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको नेपाल फाइनान्स लिमिटेडको शेयर मुल्यमा आज सकरात्मक सर्किट लागेको छ । हिजो पनि उक्त कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा नै भएको थियो । आज भने उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट नै लागेको हो ।

हिजो उक्त कम्पनीको शेयर मुल्य २६० रुपैयाँ थियो । आज २७३ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । हालसम्म आउँदा त्यो १० प्रतिशतले बढेर २८६ रुपैयाँ पुगेको छ । 
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने लगानीकर्ता कोही आएका छैनन् । 
कम्पनीले पनि छिट्टै १२५ प्रतिशत हकप्रद शेयर जारी गर्दै छ, त्यसैले लगानीकर्ता यस कम्पनी तर्फ आर्कषित भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया