काठमाडौं – बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनी विरुद्ध गत असोज ५ गते नै उजुरी परेको हो ।
बिशेषगरि पछिल्लो ४ बर्षमा १३ बीमा कम्पनीलाई सञ्चालनको अनुमति दिने मामलामा आर्थिक घोटला गरेको आरोपमा उनी आयोगमा उनी विरुद्ध उजुरी परेको हो । गत असोज ५ गते नै उनी विरुद्ध उजुरी परेको हो । तर, उक्त उजुरी कसले दर्ता गर्यो भनेर खुलाइएको छैन ।
उनले लाइसेन्स दिने क्रममा झण्डै २ अर्ब घोटला गरेको आरोप लगाइएको छ ।
साथै, उनले स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरेको, अनवाश्यक मोटर खरिद गरेको, कर्मचारीको सरुवामा विभेद गरेको, विज्ञापनमा पक्षपात गरेका लगायतका ९ आरोप लगाइएको छ ।
आयोगमा दर्ता भएको उजुरीमा १० जीवन र ३ निर्जीवन बीमा कम्पनी दर्ता गर्दा उनले आर्थिक घोटोला गरेको आरोप लगाइएको छ ।
१०० रुपैयाँको संस्थापक शेयर बापतको रकम ११० देखि ११५ रुपैयाँसम्ममा भुक्तानी गरिएको उजुरीमा उल्लेख गरिएको छ । त्योअनुसार १० कम्पनीबाट रु. १ अर्ब ७० करोड रुपैयाँ र ३ वटा निर्जिवन बीमा कम्पनी दर्ता गर्दा रु. २७ करोड ३० लाख अनिमियता भएको उजुरीमा उल्लेख गरिएको स्रोत दावी छ । यी लगायतका अन्य आरोप अध्यक्ष चापागाईं विरुद्ध लगाइएको छ ।
आयोगले इमेल मार्फत उनी विरुद्ध उजुरी परेको बताएको छ ।
प्रतिक्रिया