पहिलो निर्यात योग्य बस्तु बन्यो स्वविनको तेल, दुई महिनामा ५०० प्रतिशतले बढ्यो निर्यात

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षमा स्वविनको तेल नेपालको पहिलो निर्यात योग्य बस्तु बनेको छ । चालु आर्थिक बर्षको दुई महिनामा नेपालदेखि निर्यात हुने बस्तुमा स्वविनको तेल पहिलो नम्बरमा रहेको छ । 
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको दुई महिनाको तथ्यांकले यस्तो देखाएको छ ।  केन्द्रकाअनुसार यो दुई महिनामा रु. ५ अर्ब ४७ कोड ९३ लाख ५ हजारको स्वविनको तेल निर्यात भएको छ ।  
परिमाणको आधारमा रु. ३ करोड ९५ लाख ७ हजार ८५१ केजी स्वविनको तेल निर्यात भएको छ । 
चालु आवमा यसको निर्यातको मात्रामा पनि ह्वात्तै बढेको छ । चालु आवमा स्वविन तेलको निर्यात ४९३ प्रतिशतले बढेको केन्द्रको तथ्यांकले देखाएको छ । 
केन्द्रका अनुसार गत आवको सोही अवधीमा  ९१ करोड ४१ लाख रुपैयाँ बरारबको ७३ लाख २९ हजार २२६ केजी यस्तो तेल निर्यात भएको थियो । 
गत आवमा भने ९ करोड ४१ लाख ८३ हजार केजी अर्थात् १२ अर्ब ६९ करोड ११ लाख रुपैयाँ बराबरको स्वविनको तेल निर्यात भएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया