अदुवाको निर्यात १७ प्रतिशतले बढ्यो, दुई महिनामै १३.७४ करोडको निर्यात

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो दुई महिनामा नेपालदेखि २८ लाख ७९ हजार १०० केजी अदुवा निर्यात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।  केन्द्रका अनुसार दुई महिनामा १३ करोड ८४ लाख ७२ हजार रुपैयाँको अदुवा निर्यात भएको छ । 

चालु आर्थिक बर्षमा अदुवाको निर्यात १७ प्रतिशतले बढेको देखिन्छ । गत आवको उक्त अवधीमा रु. ११ करोड ८३ लाख ५० हजार बराबरको २२ लाख ५९ हजार ४३१ केजी अदुवा निर्यात भएको छ । 

गत आवभर भने रु. ८८ लाख ८६ हजार ९३१ केजी अदुवा निर्यात भएको थियो । गत आवमा रु. ८१ करोड २०  लाख रुपैयाँको अदुवा निर्यात भएको तथ्यांकमा उल्लेख छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया