नेको इन्स्योरेन्सले आजबाट १० लाख कित्ता शेयर लिलाममा बिक्री गर्ने भएको छ ।
कम्पनीले आज असोज २० बाट बिक्रीमा ल्याउनलागेको उक्त शेयर संस्थापक समुहको हो ।
लिलाम गर्न लागेको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयरमा कार्तिक ४ गते सम्म आवेदन दिन सकिने छ ।
उक्त लिलाममा हाल कायम संस्थापक शेयर , फर्म , कम्पनी तथा संगठित संस्थाले आवेदन दिन सक्ने छन् ।
सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको उक्त शेयरमा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया