नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसंगै मुलुकभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
मृतकहरूको उमेर तीन वर्षदेखि ९१ वर्षसम्म छ। उनीहरूमध्ये पाँच महिला र १४ पुरुष छन्।
विगत २४ घण्टामा काठमाण्डू उपत्यकामा १२ र सुनसरी, पर्सा, चितवन, गोरखा तथा नवलपरासी पूर्वमा एक(एक जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म सङ्क्रितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको छ।
प्रतिक्रिया