काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
देशभर भने पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन् ।
प्रतिक्रिया