पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन्् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
प्रतिक्रिया