आज साता दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य अंकले ओरालो लागेको छ ।
आज ११ बजे १५८५.७५ को बिन्दुबाट सुरु भएको कारोबार उकालो ओरालो यात्रातय गर्दै ४ घण्टाको अवधिमा सम्म आइपुग्दा ३.६३ अंकले घटेर १५८२.१२ को बिन्दुमा पुगेको छ । यस्तै ३ बजेसम्म आउँदा ०.२३ प्रतिशतले घटेको छ ।
नेप्से परिसुचक सामान्य अंकले घटदा सेन्सेटिभ भने झिनो अंले बढेर ३१२.४६ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा अन्तिम समयसम्म आएका १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर ३९ हजार ५८७ पटक खरिद विक्री हुदाँ २ अर्ब ५७ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया