अब लघुवित्तका संस्थापक शेयरधनीले शेयर बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने

५ बर्ष अगाडि

काठमाडौं – अब लघुवित्त वित्तिय संस्थाका संस्थापक शेयरधनीले आफ्नो नामको शेयर बैंकमा धितो राख्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै, शेयर बिक्री गर्न पनि राष्ट्र बैंकको नै स्वीकृति लिनुपर्ने बताइएको छ । 

संस्थाको २ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका संस्थापक सेयरधनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय
संस्थामा धितोबन्धक राख्न वा बिक्री गर्न पाउने छन् । 

त्यो अनुसारको  स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले निजको सेयर स्वामित्व तथा धितो रहे नरहेको विवरण समेत पेश गरी स्वीकृति माग गर्नु पर्ने निर्द्ेशनमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया