काठमाडौं – सोमबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा रु. ४०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ तोकेको छ, जुन हिजो भन्दा ४०० ले कम हो । हिजो सुनको मुल्य ९४ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ६०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज पनि प्रतितोला १ हजार १८० मा चाँदीको कारोबार हुने महासंघको भनाइ छ ।
प्रतिक्रिया