काठमाडौं – अब लघुवित्त वित्तिय संस्थाले पनि कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारीको क्षमता अभिबृद्धिमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै लघुवित्त वित्तिय संस्थाका लागि नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
पहिला बाणिज्य तथा विकास बैंक र वित्त कम्पनीलाई यस्तो व्यवस्था गरिएको थियो । अहिले लघुवित्त संस्थामा पनि यस्तो नियमन लगाइएको हो।
पत्येक बर्ष गत आर्थिक बर्षको कर्मचारीको कुल तलवभत्ता खर्चको न्यूनतम ३ प्रतिशत बराबरको रकम तालिम तथा बृति विकासमा खर्च गर्नुपर्ने बताइएको छ ।
तालिम तथा वृत्ति विकास खर्चबाट संस्थाका सबै कर्मचारीहरुले दक्षता अभिवृद्धिमा समान अवसर प्राप्त गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । साथै, लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिले कर्मचारीहरुको दक्षता अभिवृद्धि सम्बन्धमा कार्यविधि बनाई लागू गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।
सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी कुनै पनि खर्च र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै सभा वा सम्मेलनमा सहभागी हुँदाको प्रतिनिधि
मण्डलको खर्च यस अन्तर्गत समावेश गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।
संस्थाले आफ्नो संस्थामा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुलाई बैंकिङ्ग सम्बन्धी तालिम प्रदान गर्ने व्यवस्था गर्नु पर्नेछ । लघुवित्त वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि आफ्नो संस्थामा नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको २ वर्षभित्र यस प्रकारको तालिम प्रदान गरी सक्नु पर्ने निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया