मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

५ बर्ष अगाडि

काठमाडौं –  नेपाल राष्ट्र बैंकले रु १०  अर्ब बराबरको ‘विकास ऋणपत्र २०८४ घ’ बिक्री गर्ने भएको छ । बैंकले यही असोज २० गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र  बिक्री गर्न लागेको हो ।
 
सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने राष्ट्र बैंकले जनाएको छ ।  व्याज भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने बताइएको छ । 

खरिदकर्ताले घटीमा रु. ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ८.५ अर्व र रु. १.५ अर्व छुट्ट्याइएको ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकको भनाइ छ । साथै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया