भोलि बाँडफाँड हुँदै जनरल इन्स्योरेन्सको आईपीओ

५ बर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनीले भोली मंगलबार  आईपीओ बाँडफाँड गर्ने भएको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइताबार साँझ प्रिअलटमेन्टको गरेसँगै मंगलबार बाँडफाँड हुने जानकारी दिएको हो । 

उक्त आईपीओ  एनआईबिएल क्यापिटलले मंगलबार बिहान १०ः३० बाँडफाँड गर्ने छ । 

यस अघि कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

उक्त आईपीअओमा ८ लाख भन्दा धेरैले आवेदन दिए सँगै न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया